काठमाण्डौ । प्रभु बैंक लिमिटेडको मोबाइल बैंकिङ सेवा ६ घण्टाका लागि अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै बैंकको मोबाइल बैंकिङ सिर्भसको मर्मत सम्भारका लागि यहि फागुन २९ गते मंगलबारका दिन बैंकको मोबाइल बैंकिङ सेवा अवरुद्ध हुने जनाएको हो ।
उक्त दिन बिहान ६ बजेदेखि अपरान्ह १२ बजेसम्म मोबाइल बैकिङ सेवा अस्थायी रुपमा बन्द रहने छ । यसले ग्राहक वर्गमा पर्ने असुविधाका लागि बैंकले क्षमायाचना गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।