बुधबार, भाद्र २५,२०८२ 10:24:00
  • बुधबार, भाद्र २५,२०८२ 10:24:00
Global IME Bank Limited

‘अक्सन बजार’ बन्द गर्नेगरि धितोपत्र बोर्डलाई सुझाव, टाठाबाँठाको धन्दा बन्द हुँदै

Hyundai Nepal
‘अक्सन बजार’ बन्द गर्नेगरि धितोपत्र बोर्डलाई सुझाव, टाठाबाँठाको धन्दा बन्द हुँदै

काठमाण्डौ । धितोपत्र बोर्डमा हालको अक्सन बजार बन्द गर्नेगरि सुझाव पेस भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले दिएको जानकारी अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली संसोधनको क्रममा अक्सन बजारलाई बन्द गर्नेगरि सुझाव पेश भएको हो ।

हाल हकप्रदमा नबिकेको सेयर कम्पनीहरुले अक्सन बजारमार्फत बढी मूल्यमा बेच्ने गरेका थिए । जसमा कम्पनी र टाठाबाँठाले फाइदा उठाउँदै आएका थिए । लगानीकर्ताहरुले लामो समयदेखि मेरो सेयर मार्फत अक्सनको सेयर किन्न पाउनु पर्ने माग गर्दै आएका थिए ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

तर अनलाइन मार्फत अक्सन बजार अर्थात बोलकबोल सेयर खरिद गर्न मिल्ने ब्यबस्था थिएन । प्राविधिक समस्या देखाउँदै अनलाइन मार्फत सेयर खरिद गर्न नसकिने तर्क कम्पनीहरुले गर्दै आएका थिए । यदि धितोपत्र बोर्डले अक्सन बजार बन्द गरेको खण्डमा अब जो सँग सेयर थियो उसैले बढी कित्ता सेयर पाउने छ । अर्थात हकवालाले नै थप सेयर अंकित मूल्यमा नै पाउने व्यबस्था हुनेछ । प्रवक्ता घिमिरेका अनुसार हाल यो सुझाव आएता पनि यस विषयमा निर्णय भने भईसकेको छैन ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.