बुधबार, भाद्र ३,२०८३ 01:34:47
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 01:34:47
Bizshala
Global IME Bank Limited

‘अक्सन बजार’ बन्द गर्नेगरि धितोपत्र बोर्डलाई सुझाव, टाठाबाँठाको धन्दा बन्द हुँदै

‘अक्सन बजार’ बन्द गर्नेगरि धितोपत्र बोर्डलाई सुझाव, टाठाबाँठाको धन्दा बन्द हुँदै
New Office

काठमाण्डौ । धितोपत्र बोर्डमा हालको अक्सन बजार बन्द गर्नेगरि सुझाव पेस भएको छ । धितोपत्र बोर्डका प्रवक्ता निरन्जय घिमिरेले दिएको जानकारी अनुसार धितोपत्र दर्ता तथा निष्कासन नियमावली संसोधनको क्रममा अक्सन बजारलाई बन्द गर्नेगरि सुझाव पेश भएको हो ।

हाल हकप्रदमा नबिकेको सेयर कम्पनीहरुले अक्सन बजारमार्फत बढी मूल्यमा बेच्ने गरेका थिए । जसमा कम्पनी र टाठाबाँठाले फाइदा उठाउँदै आएका थिए । लगानीकर्ताहरुले लामो समयदेखि मेरो सेयर मार्फत अक्सनको सेयर किन्न पाउनु पर्ने माग गर्दै आएका थिए ।  

Bizshala
CG Motors

तर अनलाइन मार्फत अक्सन बजार अर्थात बोलकबोल सेयर खरिद गर्न मिल्ने ब्यबस्था थिएन । प्राविधिक समस्या देखाउँदै अनलाइन मार्फत सेयर खरिद गर्न नसकिने तर्क कम्पनीहरुले गर्दै आएका थिए । यदि धितोपत्र बोर्डले अक्सन बजार बन्द गरेको खण्डमा अब जो सँग सेयर थियो उसैले बढी कित्ता सेयर पाउने छ । अर्थात हकवालाले नै थप सेयर अंकित मूल्यमा नै पाउने व्यबस्था हुनेछ । प्रवक्ता घिमिरेका अनुसार हाल यो सुझाव आएता पनि यस विषयमा निर्णय भने भईसकेको छैन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.