काठमाण्डौ । जापानको अटो निर्माता कम्पनी निसानले अमेरिकी बजारबाट करिब साढे ४ लाख युनिट कार फिर्ता मगाउने भएको छ ।
इन्जिन फेलको समस्या देखिएपछि कम्पनीले अमेरिकी बजारबाट ४ लाख ४३ हजार ८९९ युनिट कार फिर्ता मगाउने लागेको अमेरिकी नेशनल हाईवे सेफ्टी एडमिनिस्ट्रेशनले जनाएको छ ।
निसानले फिर्ता मगाउन लागेको मोडलहरुमा निसान रोग्य,अल्टिमा,इन्फिनीटी क्युएक्स५० र इन्फिनिटी क्युएक्स५५ रहेका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।