ट्यारिफ प्रभावः निस्सानले आफ्नो ‘टप सेलिङ’ अमेरिकी मोडलको उत्पादन कटौती गर्ने
काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निस्सानले आफ्नो चर्चित तथा शीर्ष बिक्री भईरहेको अमेरिकी मोडल ‘रोग्यु एसयुृभी’को जापानी उत्पादन कटौती गर्ने घोषणा गरेको छ । कम्पनीले अमेरिकाले आयातित वस्तुहरुमा ट्यारिफ लगाएसँगै कम्पनीले यस्तो घोषणा गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समुन्द्रपारबाट अमेरिका भित्रिने सवारी साधनमा २५ प्रतिशत भन्सार शुल्को व्यवस्था...