मंगलवार, कार्तिक ३,२०८३ 07:09:14
  • मंगलवार, कार्तिक ३,२०८३ 07:09:14
Global IME Bank Limited

होन्डा र निस्सान मर्ज हुँदै, चिनियाँ अटो निर्मातासँग प्रतिष्पर्धा गर्न सहज हुने विश्वास

Bizshala
होन्डा र निस्सान मर्ज हुँदै, चिनियाँ अटो निर्मातासँग प्रतिष्पर्धा गर्न सहज हुने विश्वास
New Office

काठमाण्डौ । जापानका दुई दिग्गज अटो निर्माता कम्पनी मर्जरमा जाने भएका छन् । अटो निर्माता कम्पनी होन्डा र निस्सान मर्जरमा जाने तयारीमा लागको हुन् ।  

हाल यी दुवै कम्पनी मर्जरसँग सम्बन्धित वार्तामा रहेका छन् । तर अन्तिम सम्झौता कहिले हुन्छ र यसको प्रारुप कस्तो हुन्छ भन्ने विषयमा भने दुवै कम्पनीले केही पनि बताएका छैनन् । मंगलबार दुवै कम्पनीले एउटा संयुक्त विज्ञप्ती जारी गर्दै गत मार्च महिनादेखि सम्भावित सहकार्यका लागि दुई कम्पनीबीच छलफल भईरहेको र यस विषयमा भविष्यमा विकास हुने घटानक्रमका बारेमा उपयुक्त समयमा जानकारी उपलब्ध गराउने बताएका छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यो प्रारम्भिक छलफलमा मित्सुविसी पनि संलग्न रहेको बताइएको छ । तर यस बारेमा मित्सुविसीले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन । गत मार्च महिनामा होन्डा र निस्सानले ईभी कार निर्माणका लागि सहकार्य गर्न बताएका थिए भने अगस्ट महिनामा ब्याट्री विकासका लागि साझेदारीको घोषणा गरेका थिए ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

पछिल्लो समय दुवै कम्पनीले सामना गर्दै आएको चुनौतिपूर्ण अवस्थामा यो मर्जरले दुवै कम्पनीलाई फाइदा पुग्ने विश्वास गरिएको छ । यी दुवै कम्पनी अन्य गैर–चिनियाँ कम्पनीजस्तै चीनको अटो बजारबाट प्रभावित बनेका छन् । चीन सरकारले स्थानिय अटो निर्माताको प्रवद्र्धन र विकासका लागि विभिन्न अनुदान र सहयोग प्रदान गर्दै आईरहेको छ ।    

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.