सोमबार, श्रावण १८,२०८३ 03:17:28
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:17:28
Bizshala
Global IME Bank Limited

निसानले लञ्च गर्यो ईभी एसयुभी ‘अरिया निस्मो’,यस्ता छन् आकर्षक फिचर्स

निसानले लञ्च गर्यो ईभी एसयुभी ‘अरिया निस्मो’,यस्ता छन् आकर्षक फिचर्स
New Office

काठमाण्डौ । जापानी अटो निर्माता कम्पनी निसानले इलेक्ट्रिक एसयुभी‘अरिया निस्मो’कार लञ्च गरेको छ । यो कारलाई कम्पनीले गत जनवरीमा टोकियो अटो सलोनमा पहिलो पटक सार्वजनिक गरेको थियो ।  

कम्पनीले निस्मो फ्ल्यागसिप ईभी मोडल अन्तर्गत जापानमा अरिया निस्मोको सुरुवाति बिक्री आगामी जुनबाट गर्ने तयारी गरेको छ ।  

ग्राहकहरुले बीसिक्स ई–४०आरसीई र बी९ ई–४०आरसीई मोडल गरी अरिया निस्मोका दुईवटा मोडल छनौट गर्न सक्नेछन् ।  

ब्ल्याक इन्टेरियर भएको यो रेड असेन्टले कारको क्याबिनलाई स्पोटी लुक प्रदान गर्ने जनाइएको छ । यो कारमा निस्मो –एक्सक्ल्युसिभ बोसई प्रिमियम साउण्ड सिस्टमले फर्मुला ई रेसिङ आवाज निकाल्ने छ ।  

अरिया निस्मो ६ वटा रंगमा उपलब्ध हुनेछ ।  बीसिक्स ई–४०आरसीई मोडले मा ६६ किलोवाटको ब्याट्री प्रदान गरिनेछ । जसले अधिकतम ३६७ पीएस र ५६० एमएम टर्क जेनेरेट गर्नेछ ।  

त्यस्तै बी९ ई–४०आरसीई मोडलमा ९१ किलोवाट ब्याट्री प्रदान गरिनेछ । यसले अधिकतम ४३५पीएस र ६०० एनएम टर्क जेनेरेट गर्नेछ ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.