बिहीबार, असार १८,२०८३ 11:22:44
Bizshala
  • बिहीबार, असार १८,२०८३ 11:22:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपालमा पनि मनाइयो यामाहाको ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सव

Laxmi Sunrise Bank Limited
नेपालमा पनि मनाइयो यामाहाको ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सव

काठमाण्डौ । यामाहा नेपालले गौरवका साथ यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव मनाएको छ। हरेक वर्ष जुलाई १ मा विश्वभर मनाइने ‘यमाहा डे’ को अवसरमा यस वर्ष विशेष महत्वको ूद्यचष्मनष्लन इमि बलम ल्भध, त्जचयगनज प्बलमय ब्अतष्यलकू भन्ने ग्लोबल थिमसहित यामाहाको इनोभेसन, प्यासन र उत्कृष्टताको सात दशक लामो यात्रालाई स्मरण गरिएको कम्पनीले जनाएको छ ।  

नेपालमा पनि यामाहाले विभिन्न कार्यक्रमहरू मार्फत यो अवसरलाई अर्थपूर्ण बनाएको छ। एमएडब्लू फाउन्डेसनको नेतृत्वमा यामाहा ब्लु स्क्वायर नक्साल शोरूममा आयोजना गरिएको रक्तदान कार्यक्रम, दिगोपनको प्रतिबद्धता अनुरुप फ्याक्ट्री परिसर (एमएडब्लू अटो) मा वृक्षारोपण अभियान र काठमाण्डौको निःसहाय सेवा सदन, शान्तिनगर वृद्धाश्रममा सामुदायिक सेवा जस्ता कार्यक्रमको आयोजना गरिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, देशभरका यामाहा शोरूमहरूमा केक काट्ने कार्यक्रमहरू आयोजना गरिएको छ । जसले ग्राहक, साझेदार र कर्मचारीहरूलाई एकै ठाउँमा जोड्ने काम गरेको कम्पनीको भनाई छ । साथै, टेकस्पाएर कलेजमा स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गरी सडक सुरक्षा तालिम पनि प्रदान गरिएको थियो।

यस विशेष अवसरमा एमएडब्लू ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘आज हाम्रो लागि साँच्चै गौरवको दिन हो। ७० वर्षको यो यात्रामा विगत ४० वर्षदेखि हामी यामाहासँगको साझेदारीमा छौं, जुन हाम्रो लागि पनि गर्वको विषय हो।’

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.