आईतवार, बैशाख ६,२०८३ 08:56:26
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 08:56:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एसबीआई बैंकलाई गोप्य राजनीतिक चन्दाका बारेमा जानकारी दिन अदालतको आदेश

Bizshala
एसबीआई बैंकलाई गोप्य राजनीतिक चन्दाका बारेमा जानकारी दिन अदालतको आदेश
Shivam Cement

काठमाण्डौ । भारतको सर्वोच्च अदालतले स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)को इलेक्ट्रोल बोण्डसँग सम्बन्धित जानकारी दिने समयसिमा बढाउने माग खारेज गरेको छ ।  

इलेक्ट्रोल बोण्डको जानकारी सार्वजनिक गर्न एसबीआई बैंकले जुन ३० सम्मको समय माग गरेको थियो ।  

यसअघि गत महिना भारतको सर्वोच्च अदालतको ५ जना न्यायधिसको इजालासले इलेक्ट्रोल बोण्डलाई असंवैधानिक भन्दै रद्द गरेको थियो ।  एसबीआई बैंक इलेक्ट्रोल बोण्ड बिक्री गर्ने एक मात्रै अधिकृत बैंक हो । सर्वोच्च अदालतले बैंकलाई सन् २०२४ को मार्च १२ सम्म सन् २२०१९ देखि अहिलेसम्म खरिद भएको इलेक्ट्रोल बोण्डको जानकारी निर्वाचन आयोगलाई दिन आदेश दिएको थियो ।  

यहि विषयमा एसबीआई बैंकले जानकारी उपलब्ध गराउने मिति जून ३० गतेसम्म बढाउन माग गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज सोमबार भारतको सर्वोच्च अदालतले मार्च १२ गतेसम्म इलेक्ट्रोल बोण्डको जानकारी निर्वाचन आयोगलाई दिन र यसको जानकारी मार्च १५ गते साझ ५ बजेसम्म बैंकको आधिकारीक वेवसाइटमा राख्न आदेश दिएको छ ।  

एसबीआई बैंकले इलेक्ट्रोल बोण्डको जानकारी अज्ञात राखेको थियो । जसलाई अदालतले अनुच्छेद १९(१)(ए)को उल्लंघन भएको जनाएको छ ।  

इलेक्ट्रोल बोण्ड राजनीतिक दलहरुलाई चन्दा दिने एउटा वित्तीय माध्यम हो । यो एउटा वचनपत्र जस्तै हो । जसलाई भारतका कुनै पनि नागरिक वा कम्पनीले एसबीआई बैंकको केहि निश्चित शाखाहरुबाट खरिद गर्न सक्ने र आफ्नो मन परेको कुनै पनि राजनीतिक पार्टीलाई गोप्य रुपमा चन्दा दिन सक्ने व्यवस्था रहेको छ ।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले यो इलेक्ट्रोल बोण्डको घोषणा सन् २०१७ मा गरेका थिए । यो योजना सन् २०१८ जनवरी २९ देखि लागू भएको थियो ।  

एसबीआई बैंकले चुनावी बोण्डलाई डिकोड गर्न र दाताको चन्दा मिलान गर्न समय लाग्ने र यो प्रक्रिया जटिल र समय लाग्ने खालको भएको जनाएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.