बिहीबार, मंसिर ३,२०८३ 07:13:59
  • बिहीबार, मंसिर ३,२०८३ 07:13:59
Global IME Bank Limited

प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा उद्घाटन

Bizshala
प्रोटोन इमासको नयाँ शोरुम थापाथलीमा  उद्घाटन
New Office

काठमाण्डौ । शंकर ग्रुपको जगदम्बा मोटर्सले काठमाण्डौको अटोमोटिभ हब रहेको थापाथलीमा प्रोटोन इमासको आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ।

शोरुमको उद्घाटन प्रोटोन इमासका ग्राहक गायक तथा संगीत निर्माता ब्रिजेश श्रेष्ठ र जगदमाबा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ता, जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवाल र अभिनेत्री तथा निर्माता केकी अधिकारीले गरे।

ु‘हामी थापाथलीमा शोरुम खोल्न पाउँदा हर्षित छौं, जुन हामीले आगामी वर्ष स्थापना गर्ने योजना बनाएका धेरै शोरुमहरू मध्ये यो पहिलो हो,’ जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने ‘हाम्रो उद्देश्य जगदम्बा मोटर्सबाट लगभग २५ प्रोटोन इमास शोरुम खोल्ने हो।यी शोरुमहरू कम्पनीको स्वामित्वमा रहेने र कम्पनीद्वारा सञ्चालित हुनेछन्,ताकि प्रत्येक ग्राहकले प्रोटोन इमास छनौट गर्दा उत्कृष्ट सेवा र अनुभव प्राप्त गर्न सकून् ।’

CG Motors
Garima Development Bank
IME remit

कार्यक्रममा ब्रिजेश श्रेष्ठले इमास मोडेलसँगको आफ्नो अनुभव र सन्तुष्टि साझा गर्दै भने, ‘यो मेरो र मेरो परिवारको लागि उत्तम गाडी हो, यसको ड्राइभिङ अनुभव अरू कसैसँग तुलना गर्न सकिँदैन र साँच्चै विद्युतीय सवारी हो।’

शोरुम उद्घाटनको विशेष कार्यक्रममा कम्पनीले नेपाली बजारमा आफ्नो विश्वास प्रदर्शन गर्दै प्रोटोन इमास–७,पाँच ग्राहकलाई हस्तान्तरण गरेको थियो।

यी हस्तान्तरणमध्ये, ब्रान्डकी नयाँ ग्राहक, अभिनेत्री केकी अधिकारीले भनिन्, ‘मैले गाडी चलाउने बित्तिकै मलाई यो गाडी मनपर्यो, मैले यसलाई नेपालमा शंकर ग्रुपले ल्याएको थाहापाएपछि नै यो किन्ने निर्णय गरें ।’ 

Nabil Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.