काठमाण्डौ । यामाहा नेपालले ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई मनाउन यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्ट आयोजना गर्ने भएको छ । यो इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुनेछ।
यस विशेष उत्सवको एक भागस्वरूप, ग्राहकहरूले ७ हजारसम्मको नगद छुट तथा केवल ७.९९ प्रतिशत ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउनेछ कम्पनीको विश्वास छ।
यी बाहेक यस्ता छन् अन्य एक्सचेन्ज आकर्षणहरूः
–कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा २५ हजार रुपैयाँको न्यूनतम मूल्यांकन,
–अतिरिक्त १० हजारसम्मको भ्यालुएसन बोनस,
–निश्चित मोडेलमा शुन्य प्रतिशत ब्याजदरमा ईएमआई,
–फ्लेक्सिबल फाइनान्स अप्सन,
–२ वर्ष ट्याक्स–फ्री–राइड–फ्री अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउँछ।
यसै सन्दर्भमा आफ्नो धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले भने, ‘यामाहाको ७० औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ।यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।’