आईतवार, मंसिर १३,२०८३ 09:47:31
  • आईतवार, मंसिर १३,२०८३ 09:47:31
Global IME Bank Limited

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने

Bizshala
ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाई खरिदका लागि आजसम्म आवेदन दिन सकिने
New Office

काठमाण्डौ । ग्लोबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्धक र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत असार २२ गतेदेखि खुला गरिएको थियो ।  

यो योजनाको इकाई खरिदका लागि असार २५ गतेबाट म्याद थप गरी साउन ४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । तर मागभन्दा बढी आवेदन प्राप्त भएकाले निर्धारित समय अगावै बिक्रि आवेदन बन्द गर्न लागिएको हो ।    

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापकलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवद्धक ग्लोबल आइएमई बैंकका लागि १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्रीमा राखिएको छ ।    

लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।  

यो बन्दमुखी योजना हो। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.