बुधबार, भाद्र २५,२०८२ 10:43:00
  • बुधबार, भाद्र २५,२०८२ 10:43:00
Global IME Bank Limited

साना तथा मझौला व्यवसायको लागि राष्ट्र बैंकको सहुलियत, रु.१० लाखसम्मको कर्जा

Hyundai Nepal
साना तथा मझौला व्यवसायको लागि राष्ट्र बैंकको सहुलियत, रु.१०  लाखसम्मको कर्जा

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले कृषि तथा लघु, घरेलु, साना र मझौला व्यवसायको लागि कर्जा सहजीकरण गर्ने भएको छ । राष्ट्र बैंकले आव २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्ता व्यवसायमा कर्जा सहजीकरण गर्ने जनाएको हो ।  

राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले यस्ता व्यवसायको लागि कर्जा सहजीकरण गरी न्यून र मध्यम आय भएका घरपरिवारको जीवनस्तर सुधार्न सहयोग पुर्याउने उद्देश्यले सो सँग सम्बन्धित व्यवस्था गर्ने बताएका छन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका लागि बैंक तथा वित्तीय संस्थाहरुले कृषि फसल, कृषियोग्य जमिन र कृषि व्यवसाय संरचनाको धितो आफैंले मूल्यांकन गरी रु.१० लाख सम्मको कृषि वा व्यवसायिक कर्जा प्रवाह गर्न सकिने व्यवस्था मिलाएको छ ।  

यसरी प्रवाह हुने रु.१० लाख सम्मको कर्जाको ग्रेस अवधिमा न्यूनतम कर्जा नोक्सानी व्यवस्था गरिने भएको छ ।  

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुले खाद्यान्न, बाली, पशुपन्छी, माछापालन लगायत कृषि व्यवसायसँग सम्बन्धित कार्यको लागि व्यक्ति तथा व्यवसायिक फर्मलाई फसल तथा उत्पादनको प्रकृतिसँग तालमेल हुनेगरी विभिन्न अवधि र प्रकृतिको कर्जा प्रवाह गर्न सकिने व्यवस्थालाई थप सरलीकरण गर्दै कार्यान्वयनको प्रभावकारी अनुगमन गरिने गर्भनर पौडेलले बताए ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.