Bizshala
  • बुधबार, भाद्र २४,२०८३ 04:07:55
Bizshala
Global IME Bank Limited

नेपाल लाइफद्वारा रु.१० अर्ब प्रथम बीमाशुल्क आर्जन गर्दै रेकर्ड कायम

नेपाल लाइफद्वारा रु.१० अर्ब प्रथम बीमाशुल्क आर्जन गर्दै रेकर्ड कायम
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले स्थापनाको २५ औँ वर्षमा आइपुग्दै गर्दा १० अर्ब प्रथम बीमाशुल्क आर्जन गर्दै नेपालको जीवन बीमा उद्योगमा ऐतिहासिक रेकर्ड बनाउन सफल भएको छ ।  

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीलाई मार्ग निर्देशन प्रदान गर्ने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, कम्पनीमा विश्वास गरी बीमा गर्ने बीमितहरु, कम्पनीको मेरुदण्डको रूपमा रहेका बीमा अभिकर्ताहरू,कम्पनीका कर्मचारीहरू, सेयरधनीहरु,नियामक निकायहरू तथा यस ऐतिहासिक लक्ष्यलाई मूर्तता प्रदान गर्न अहोरात्र सहयोग गर्ने सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरे ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नेपाल लाइफले हासिल गरेको यो ऐतिहासिक उपलब्धिले बीमा बजारलाई दिशानिर्देश समेत प्रदान गरेको छ कम्पनीको भनाई छ । आगामी दिनमा बीमा बजारको श्रीवृद्धिमा यसले अतुलनीय भूमिका निर्वाह गर्नेमा नेपाल लाइफ विश्वस्त छ । 

नेपाल लाइफ प्रविधिमैत्री प्रणालीहरूको अधिकतम प्रयोग गर्दै समयानुकूल सम्पूर्ण तप्कालाई उपयुत हुने खालका इनोभेटिभ प्रोडक्टहरु ल्याउने,लगानीको प्रतिफललाई उच्च बनाउन लगानी विविधिकरण गर्दै जाने ,कर्मचारी तथा अभिकर्ताहरूको ज्ञान, सीप र दक्षतालाई अभिवृद्धि गर्न तालिमहरू सञ्चालन गर्दै आम नागरिकहरूलाई विश्वस्तरीय बीमा सेवा प्रदान गर्न कम्पनी कटिबद्ध रहेको कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले बताए ।  

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.