काठमाण्डौ । वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार अधिकांश बैंकहरुले मुद्दती निक्षेपको ब्याजदरमा कटौती गरेका छन् । चैत महिनाका लागि एनआईशी एशिया बैंकले मुद्दती निक्षेपको ब्याजदर बढाएको छ भने प्रभु बैंक र ग्लोबल आइएमई बैंकले भने फागुन महिनाको ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
बैंकहरुमा अधिक तरलता थ्प्रिएका कारण बैंकहरुले निक्षेपको ब्याजदरमा कटौती गरिरहेका छन् । तरलता प्रयाप्त भएपनि सोहि अनुपातमा कर्जा प्रवाह भने हुन सकिरहेको छैन ।
चैत महिनाका लागि कुन बैंकको ब्याजदर कति ?
कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले व्यक्तिगततर्फको अधिकतम ब्याजदर ६.६६६१ प्रतिशत कायम गरेको छ भने संस्थागत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ४.५१०० प्रतिशत कायम गरेको छ । फागुन महिनाका लागि यो संस्थागततर्फ बैंकको अधिकतम ब्याजदर ४.९४३० प्रतिशत र व्यक्तिगततर्फ ७.४४३० प्रतिशत रहेको थियो ।
एनआईशी एशिया बैंक
बैंकले चैत महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.५४८ प्रतिशत र अधिकतम ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा व्यक्तिगत निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
नेपाल बैंक लिमिटेड
बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७।२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनामा बैंकले व्यक्तिगततर्फ अधिकतम ७।२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।
कुमारी बैंक
कुमारी बैंकले पनि चैत महिनाका लागि ब्याजदरमा कर्टाती गरेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७।५१ प्रतिशत र संस्थागतर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ८.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
बैंकले चैत महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा भने बैंकले व्यक्तिगततर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेका थियो ।
प्रभु बैंक
प्रभु बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । जसअजुसार व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागतर्फ भने ६.५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।
एभरेष्ट बैंक
बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ८ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।
एनएमबी बैंक
बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।
हिमालयन बैंक
हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनामा बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर रहेको थियो ।
राष्ट्रिय वाणिज्य बैंक
चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.३५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।
सानिमा बैंक
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन अघिल्लो महिना ७.५१ र ५.५१ प्रतिशत रहेको थियो ।
प्राइम कमर्सियल बैंक
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । फागुन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.४ प्रतिशत र संस्थागततर्फ ५.४ प्रतिशत ब्याजदर रहेको थियो ।
माछापुच्छ्रे बैंक
चैत महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।
नेपाल एसबीआई बैंक
बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर रहेको छ । फागुन महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत रहेको थियो ।
लक्ष्मी सजराइज बैंक
बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अघिल्लो महिना बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर रहेको थियो ।
सिद्धार्थ बैंक
बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।
नविल बैंक
चैत महिनाका लागि नविल बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम भएको छ । फागुन महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम थियो ।
ग्लोबल आइएमई बैंक
बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६ प्रतिशत र संस्थागततर्फ ६.६ प्रतिशत ब्याजदर कायम भएको छ । जुन फागुन महिना कै ब्याजदर हो ।