काठमाण्डौ । हिमालयन बैंक लिमिटेडको एफपीओमा ४.४२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ख लिमिटेडका अनुसार आज अन्तिमदिनसम्म बैंकको एफपीओमा १७ लाख ८६ हजार ७८२ जनाले आवेदन दिएका छन् ।
बैंकको एफपीओमा कुल ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ बराबरको ४ करोड ९ लाख ६६ हजार ५०० कित्ताका लागि आवेदन परेको छ । जुन यो मागभन्दा ४ गुणा बढी आवेदन हो ।
बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु.५७ प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।
बैंकको एफपीओ १० कित्ताका दरले बाँडफाँड गर्दा ९ लाख २५ हजार ४६९ जनाले सेयर प्राप्त गर्नेछन् । यसर्थमा ८ लाख ६१ हजार भन्दा बढीको हात खाली हुने निश्चित छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                