सोमबार, भाद्र २९,२०८३ 03:14:33
Bizshala
  • सोमबार, भाद्र २९,२०८३ 03:14:33
Bizshala
Global IME Bank Limited

आउँदैछ विश्वकै पहिलो १० हजार एमएएच ब्याट्री भएको स्मार्टफोन

आउँदैछ विश्वकै पहिलो १० हजार एमएएच ब्याट्री भएको स्मार्टफोन
New Office

काठमाण्डौ । अहिलेसम्म तपाईले ५ हजार वा ६ हजार एमएएच ब्याट्री भएको फोनका बारेमा सुन्दै वा देख्दै आउनु भएको होला । तर के तपाईले १० हजार एमएएचका बारेमा सुन्नु भएको छ ? टिपस्टर डिजिटल च्याट स्टेशनको एउटा नयाँ लिकका अनुसार १० हजार एमएएचको ठूलो ब्याट्री भएको मिड–रेञ्ज स्मार्टफोन सन् २०२६ को पहिलो ६ महिनाभित्र लञ्चका लागि परीक्षण गरिदैछ ।  

यदि यो खबर सही साबित भयो भने पहिलोपटक कुनैपनि सामान्य स्मार्टफोन यति ठूलो ब्याट्री क्षमताका साथ बजारमा आउनेछ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कुन कम्पनीले ल्याउँदै छ यो फोन ?

तथापी कुन कम्पनीले यस्तो फोन ल्याउँदै भ भन्नेबारे भने केही पनि खुलाइएको छैन । तर यो फोन रियलमीको हुनसक्ने जनाइएको छ । रियलमीले यसअघि पहिलो १० हजार एमएएच क्षमताको ब्याट्री भएको कन्सेप्ट फोन प्रदर्शनी गरेको थियो ।  

सिलिकन–कार्बन ब्याट्रीले गर्दैछ कमाल

यति ठूलो क्षमताको ब्याट्री आउनुको पछि मुख्य कारण भनेको सिलिकन–कार्बन नेगेटिभ इलेक्ट्रोड ब्याट्रीको बढ्दो प्रयोग हो । माईड्राईभर्सका अनुसार परम्परागत ग्रेफाइट ब्याट्रीको तुलनामा सिलिकन–कार्बन ब्याट्रीले ४२०० एमएएच प्रति ग्रामसम्मको क्षमता दिन सक्छ ।  

ग्रेफाइट ब्याट्रीको क्षमता भने लगभग ३७२ एमएएच प्रति ग्राम हुने गर्छ । यही कारण धेरै पावर दिने भएतापनि यी ब्याट्रीको आकार ठूलो हुदैछ । यसले धेरै क्षमता निर्माताहरुलाई ब्याट्रीको आकार धेरै नबढाइकनै ब्याट्रीको लाइफ बढाउने सुविधा प्रदान गर्छ ।  

रिपोर्टका अनुसार रियलमीको कन्सेप्ट ब्याट्रीमा १० प्रतिशत सिलिकनको अनुपात प्रयोग गरिएको छ ।

तर १० हजार एमएएच ब्याट्री भएको फोन कहिले लञ्च हुन्छ भन्नेबारे केही पनि खुलाइएको छैन । यो फोन पातलो हुने बताइएको छ । यो फोन ८.५ एमएमको हुन सक्ने जनाइएको छ ।    

तथापी बडी सिलिकन–कार्बन ब्याट्री भएको पातलो डिजाइनको स्मार्टफोन चीनमा पहिले देखिनै उपलब्ध छ । उदाहरणका लागि हनर पावर मा ८ एमएम मोटाई छ र यसको ब्याट्री ८ हजार एमएएचको छ ।   

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.