काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले गैर आवासीय नेपालीहरुलाई नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न पाउने व्यवस्था मिलाउने घोषणा गरेको छ।
बोर्डले मंगलबार आर्थिक वर्ष २०८२/८३ का लागि धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो।
पूँजी बजारको स्थायित्व र विकासका लागि एनआरएनहरुको लगानी भित्राउनु पर्ने आवाज उठिरहेका बेला बोर्डले नागरिकताको आधारमा धितोपत्र कारोबार गर्न मिल्ने व्यवस्था गर्न लागेको हो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।