Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 03:18:13
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५३.६० करोड खुद नाफा आर्जन, वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४%

Bizshala
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा ५३.६० करोड खुद नाफा आर्जन, वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४%
Shivam Cement

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले गत आवको चौथो त्रैमाससको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले उक्त अवधिसम्ममा ५३ करोड ७० लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ६.५१ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५० करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

सो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ अर्ब ९० करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने १ अर्ब ८८ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकको खुद शुल्क तथा कमिशन आम्दानी भने बढेको छ । खुद शुल्क तथा कमिशन आम्दानी ९.१५ प्रतिशतले बढ्दै २१ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन मुनाफा ७७ करोड ४२ लाख र खुद सञ्चालन आम्दानी १ अर्ब ९२ करोड रुपैयाँ रहेको छ ।  

बैंकको रिटेन्ड अर्निङ बढेको छ । अघिल्लो आवमा १३ करोड १८ लाख रहेको रिटेन्ड अर्निङ बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ । रिजर्भको आकार पनि १ अर्ब ४२ करोड रुपैयाँबाट बढेर १ अर्ब ६० करोड रुपैयाँ पुगेको छ ।  

ग्राहकहरुबाट ५४ अर्ब ६६ करेड रुपैयाँबराबरको निक्षेप संकलन गरेको बैंकले ४३ अर्ब २ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ४१ करोड ३८ लाख रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिसम्म १३ करोड १८ लाख मात्रै थियो ।  

यस्तै बैंकको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ११.६४ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा अनुपात भने बढेको छ । खराब कर्जा अनुपात ३.९३ प्रतिशतबाट बढेर ५.६४ प्रतिशत पुगेको छ । 

समी्रक्ष अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस)१५.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७८३.२८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३०.६५ गुणा र तरलता अनुपात २६.१५ प्रतिशत कायम भएको छ ।  

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.