बिहीबार, बैशाख ३१,२०८३ 06:53:38
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:53:38
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

धितोपत्र बजार पूँजीकरणमा थोरै हिस्सा भएका टप १० कम्पनी, अधिकांश हाइड्रो समूहका

Laxmi Sunrise Bank Limited
धितोपत्र बजार पूँजीकरणमा थोरै हिस्सा भएका टप १० कम्पनी, अधिकांश हाइड्रो समूहका
Shivam Cement

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरणमा सबैभन्दा थोरै हिस्सा भएका शीर्ष १० कम्पनीहरुको सूचीमा सबैभन्दा धेरै हाइड्रो समूहका कम्पनी रहेका छन् ।  

धितोपत्र बजारमा पूँजीकरणको हिस्सा बढ्ने भनेको कम्पनीको सेयरमूल्य बढ्नु हो । कम्पनीहरुको सेयरभाउ बढ्दा पूँजीकरण बढ्न जान्छ । यसका साथै कम्पनीहरुले बोनस सेयर, एफपीओ, हकप्रद सेयर जारी गर्दा पनि सम्बन्धित कम्पनीको पूँजीकरण बढ्न जान्छ ।  

विशेषतः धितोपत्र बजार पूँजीकरण सेयर संख्या र सेयरमूल्यको गुणनबाट मापन गरिन्छ । कम्पनीको सेयर संख्या र सेयरभाउ बढ्दै जाँदा बजार पूँजीकरण बढ्न जान्छ ।  

Bizshala
New Office
CG Motors

तर बजारमा यस्ता कम्पनी पनि छन् जसको पूँजीकरणमा शुन्य प्रतिशत हिस्सा रहेको छ । ती कम्पनीहरुले सेयर संख्या पनि बढाएका छैनन् भने केहीको सेयरभाउ बढ्न सकेको छैन । बजारमा कम्पनीको सेयरभाउ मात्रै बढेर पनि पूँजीकरण वृद्धि हुन सक्दैन । कम्पनीहरुको सेयरभाउसँगै सूचीकृत सेयर संख्या पनि बढेमा मात्रै पूँजीकरणमा हिस्सा बढ्न पुग्छ ।  

धितोपत्र बजार पूँजीकरणमा सबैभन्दा थोरै हिस्सा रहेको कम्पनीमा नेपाल ल्युब आयल रहेको छ । यो कम्पनीको बजार पूँजीकरण जम्मा २१ करोड ३६ लाख रुपैयाँ रहेको छ । जसको नेप्सेमा पूँजीकरण हिस्सा भनेको शुन्य प्रतिशतमा नै मान्य रहेको छ ।

यसका साथै समाज लघुवित्तको पनि जम्मा ५५ करोड ३८ लाख रुपैयाँ मात्रै बजार पूँजीकरण रहेको छ । यो कम्पनीको हिस्सा जम्मा ०.०१ प्रतिशत रहेको छ ।  

त्यस्तै, दिव्यश्वरी हाइड्रोपावरको ०.०२ प्रतिशत, अप्पर स्याङ्खे हाइड्रोपावरको ०.०३ प्रतिशत, विन नेपाल लघुवित्तको ०.०४ प्रतिशत, शुभम पावरको ०.०४ प्रतिशत, मानुषी लघुवित्तको ०.०४ प्रतिशत, सयपत्री हाइड्रोपावरको ०.०४ प्रतिशत, जोशी हाइड्रो्पावरको ०.०४ प्रतिशत र बाराही हाइड्रोपावरको ०.०४ प्रतिशत मात्रै हिस्सा रहेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.