बुधबार, भाद्र ३,२०८३ 06:22:18
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:22:18
Bizshala
Global IME Bank Limited

छ्याङदी हाईड्रोको करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने

छ्याङदी हाईड्रोको करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयरमा आजदेखि आवेदन दिन सकिने
New Office

काठमाण्डौ । छ्याङदी हाईड्रोपावरले आजदेखि करिब ३ लाख कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको छ । कम्पनीले गत जेठ २३ गतेदेखि असार २७ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको २ लाख ९८ हजार ८३२ कित्ता सेयर लिलामीमातर्फ बिक्रीमा राखेको हो ।  

यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Bizshala
CG Motors

लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल बाग्लुङ,नेपालगञ्ज, ,सुर्खेत,दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन पेश गर्न सक्नेछन् ।  

बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति साउन २१ गते रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.