शुक्रबार, श्रावण १६,२०८२ 01:30:10
  • शुक्रबार, श्रावण १६,२०८२ 01:30:10
Global IME Bank Limited

महुली लघुवित्तको नाफा २५५% ले बढ्यो, वितरणयोग्य मुनाफा पनि ३६९% ले वृद्धि

Hyundai Nepal
महुली लघुवित्तको नाफा २५५% ले बढ्यो, वितरणयोग्य मुनाफा पनि ३६९% ले वृद्धि
Shivam Cement

काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २५५.८० प्रतिशतले बढेको छ । संस्थाले गत आवको चौथो त्रैमाससम्म ११ करोड ४५ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा संस्थाले ३ करोड २१ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  

यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी पनि ४३.०२ प्रतिशतले बढेको छ । संस्थाले ३६ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि बढेको छ । अघिल्लो आवमा ५ करोड ११ लाख रहेको संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी ५ करोड २३ लाख पुगेको छ । संस्थाको खुद सञ्चालन आम्दानी ४० करोड १९ लाख र सञ्चालन मुनाफा १६ करोड ३६ लाख रुपैयाँ रहेको छ ।

Muktinath Bikas Bank Limited

यस्तै संस्थाको वितरणयोग्य मुनाफा ३६९.२५ प्रतिशतले बढ्दै १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ । संस्थाको वार्षिक वितरणयोग्य प्रतिसेयर आम्दानी ३३.५७ रुपैयाँ पुगेको छ ।  संस्थाको रिजर्भ २८ करोड ५८ लाखबाट बढेर २९ करोड ८९ लाख र रिटेन्ड अर्निङको आकार पनि २ करोड ६४ लाखबाट बढेर १२ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।  

चौथो त्रैमाससम्ममा १ अर्ब ८३ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले ५ अर्ब २४ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।  

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवमा ३.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात ४.८० प्रतिशत पुगेको छ । संस्थाको इम्पेयरमेन्ट चार्ज १ करोड ७७ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३०.९६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २१४.३९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५६४.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४१.८६ गुणा र तरलता अनुपात १५.१७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.