आईतवार, श्रावण १८,२०८२ 08:02:03
  • आईतवार, श्रावण १८,२०८२ 08:02:03
Global IME Bank Limited

पूँजी पुर्याउन एक दर्जन बीमा कम्पनीको ढिलाई, प्राधिकरणको कमजोरीले लम्बियो प्रक्रिया

Hyundai Nepal
पूँजी पुर्याउन एक दर्जन बीमा कम्पनीको ढिलाई, प्राधिकरणको कमजोरीले लम्बियो प्रक्रिया
Shivam Cement

काठमाण्डौ । एक दर्जन बीमा कम्पनीले अझैपनि तोकेको पूँजी पुर्याउन सकेका छैनन् । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीको वित्तीय स्थायित्व र प्रतिस्पर्धी क्षमता बढाउनका लागि पूँजी वृद्धि गर्ने निर्णय लिएको थियो ।  

प्राधिकरणले बीमा कम्पनीको व्यवसायसँगै जोखिम बहन क्षमता बढाउने हेतुले २०७८ साल चैत महिनामै जीवन बीमकको हकमा ५ अर्ब र निर्जीवन बीमकको हकमा साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो । प्राधिकरणले जीवन र निर्जीवन बीमा कम्पनीलाई २०७९ को चैत मसान्तसम्म तोकेको पूँजी पुर्याउन निर्देशन दिएको थियो ।  

साथै पुनर्बीमा कम्पनीको हकमा भने प्राधिकरणले २०८० मा एक वर्षको म्याद राखेर २० अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउन निर्देशन दिएको थियो ।  

त्यस्तै, लघुबीमा संस्थापना तथा दर्ता सम्बन्धि निर्देशिका, २०७९ जारी गर्दै लघुबीमा कम्पनी पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई ३० प्रतिशत सेयर सर्वसाधारणलााई निष्कासन गरेर चुक्तापूँजी न्यूनतम ७५ करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको थियो ।  

प्राधिकरणले बीमा कम्पनीलाई चुक्तापूँँजी वृद्धि गर्न समयसीमा तोकिदिए पनि केही कम्पनीहरु भर्खरै पूँजी बृद्धिको सुरुवाती चरणमै रहेका छन् ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

प्राधिकरणको निर्देशन बमोजिम जीवन र निर्जीवन बीमा कम्पनीले पूँजी पुर्याउने म्याद सकिएकै दुई वर्ष वितिसक्यो । यता पुनर्बीमातर्फ २०८१ को माघ मसान्तसम्म पूँजी पुर्याउनुपर्नेमा प्राधिकरण लचिलो बन्दै एक वर्षको म्याद थप गरिदिएको छ ।  

साथै लघुबीमा कम्पनीको हकमा भने कम्पनी सञ्चालनमा आएको एक वर्षपछि पूँजी बृद्धिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था भएपनि आधा जसो लघुबीमकहरु पूँजी वृद्धिको प्रक्रिया बढाउन सकिरहेका छैनन् ।  

नियामक निकाय प्राधिकरण नै कमजोर बन्दा यता बीमा कम्पनीहरुको चुक्तापूँजी प्रक्रिया लम्बिन पुगेको छ । प्राधिकरणले कठोर नीति लिन नसक्दा बीमा कम्पनीहरुले तोकेको समयसम्म पूँजी जुटाउन सकिरहेका छैनन् । साथै केही कम्पनीले त क्यापिटल प्लान समेत बनाउन सकेका छैनन् ।  

नियामकले नियमन गर्न नसक्दा वा स्पष्ट निर्देशन र पटक–पटक चेतावनी दिएपनि पूँजी जुटाउन नसकेका कम्पनीलाई कारबाही गर्न नसक्दा बीमकहरु एक किसिमले अटेर बनेका छन् । प्राधिकरण बीमकहरुसँग लचिलो बन्दै यसरी बारम्बार पूँजी वृद्धि गर्ने म्याद थपि दिंदा बीमकहरुको पूँजी जुटाउने प्रक्रिया अत्यधिक लम्बिन पुगेको छ ।  

जीवन बीमातर्फ  

जीवन बीमातर्फ अधिकांश कम्पनीले रु. ५ अर्ब चुक्तापूँजी पुर्याइसकेका छन् । अझैपनि दुई कम्पनीको पूँजी तोकेबमोजिम पुगेको छैन ।  

जसमा राष्ट्रिय जीवन बीमा कम्पनी र एशियन लाइफ रहेका छन् । प्राधिकरणका अनुसार एशियन लाइफले हकप्रद सेयरमार्फत तोकेको पूँजी पुर्याउन अब अन्तिम चरणमा रहेको छ । कम्पनीको हालको चुक्तापूँजी ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । हकप्रदपश्चात् कम्पनीको पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।  

यता सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले भने तत्काल पूँजी पुर्याउने त्यस्तो कुनै योजना बनाएको छैन । कम्पनी २०८० साल मंसिर महिनामै पब्लिक कम्पनी लिमिटेडमा परिणत भइसकेको छ ।  

बीमा ऐनबमोजिम पब्लिक कम्पनीमा रुपान्तरण भइसकेपछि एक वर्षभित्र जारी पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनुपर्ने अर्थात् आइपीओ जारी गर्नुपर्ने प्रावधान भएपनि कम्पनीले हालसम्म सो सम्बन्धि प्रक्रिया अघि बढाउन सकेको छैन । कम्पनीको हालको चुक्तापूँजी १ अर्ब ८९ करोड रुपैयाँ छ ।  

निर्जीवन बीमातर्फ  

प्राधिकरणका अनुसार निर्जीवन बीमातर्फ ५ कम्पनीले तोकेको समयमा पूँजी पुर्याएका छैनन् । जसमा नेपाल इन्स्योरेन्स, युनाइटेड अजोड, प्रभु इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र सानिमा जिआइसी रहेका छन् ।  

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्स पुँजी पु¥याउने अन्तिम चरणमा छ । कम्पनीको ३८।७८३ प्रतिशत हकप्रद बिक्रीपछि २ अर्ब ५४ करोड पुँजी पुग्नेछ । कम्पनीको हालको पूँजी १ अर्ब ८९ करोड ८ लाख रुपैयाँ छ ।

अन्य कम्पनीहरू पनि पूँजी वृद्धि योजनामा अघि बढिरहेका छन् । युनाइटेड अजोडले बोनस र हकप्रद मिलाएर पुँजी २ अर्ब ५४ करोड बनाउने तयारी गरिरहेको छ । हाल कम्पनीको यस्तो पुँजी २ अर्ब १० करोड रुपैयाँ छ ।

यता, प्रभु इन्स्योरेन्सले १८ प्रतिशत बोनस र ४७ प्रतिशत हकप्रद मार्फत २ अर्ब ९५ करोड पूँजी पु¥याउने योजना सार्वजनिक गरिसकेको छ । हाल प्रभूको चुक्ता पुँजी १ अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी पनि बोनस सेयर वितरण र हकप्रद सेयर मार्फत पुँजी पुर्याउने योजना अघि सारेको छ । कम्पनीले ७।५ प्रतिशत बोनस वितरणपछि १७ प्रतिशत हकप्रदको तयारीमा छ । योजना अनुसार हकप्रद निष्काशनपछि कम्पनीको पुँजी २ अर्ब ५१ करोड पुग्नेछ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रुपैयाँ छ ।

यता, राष्ट्रिय बीमा कम्पनीले भने अर्थ मन्त्रालयसँग बोनस र हकप्रदको मोडलमा छलफल गरिरहेको जनाएको छ । तर, अहिलेसम्म ठोस निर्णय सार्वजनिक गरिएको छैन । हाल राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

पुनर्बीमातर्फ

पुनर्बीमातर्फ नेपाल रि इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्स गरि दुई कम्पनी सञ्चालनमा छन् । प्राधिकरणले २०८० मा पुनर्बीमाको चुक्तापूँजी २०८१ माघ मसान्तभित्र २० अर्ब पुर्याउनुपर्ने भन्दै निर्देशन दिएको थियो ।  

तर दुबै पुनबीर्मकले तोकेको समयभित्र पूँजी पुर्याउने छाँटकाँट नदेखाएपछि प्राधिकरणले एक वर्षको समयावधि थपिदिएको छ । जसबमोजिम अब रि इन्स्योरेन्स कम्पनीले २०८२ माघ मसान्तभित्र २० अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनुपर्नेछ ।  

तोकेको पूँजी पुर्याउन दुबै कम्पनीले हकप्रदको सहारा लिने निर्णय गरेका छन् । हिमालयन रि इन्स्योरेन्सले चुक्तापूँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अनुपातमा अर्थात ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हालको चुक्तापूँजी १० अर्ब ८६ करोड रुपैयाँ छ ।  

यता सरकारी स्वामित्वमा रहेको नेपाल रि इन्स्योरेन्सले पनि चुक्तापूँजी बढाउने प्रयोजनकै लागि शतप्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको छ । कम्पनीको हालसको चुक्तापूँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको छ ।  

लघुबीमातर्फ  

प्राधिककरणले लघुबीमा कम्पनीहरुका लागि भने न्युनतम चुक्ता पुँजी ७५ करोड रुपैयाँ तोकेको छ । हाल ७ लघुबीमा कम्पनीहरु संचालनमा छन् । यीमध्ये नेपाल माइक्रो इन्स्योरेन्स, गार्डियन माइक्रा लाइफ, क्रेष्ट माइक्रो लाइफले आइपीओ जारी गरेर तोकिएको पुँजी पुर्याएका छन् । यी बाहेकका लघुबीमा कम्पनीको पुँजी अपुग छ ।

हाल प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स, लिवर्टी माइक्रो लाइफ, स्टार माइक्रो, ट्रष्ट माइक्रो इन्स्योरेन्सको चुक्ता पुँजी समान ५२ करोड ५० लाख रुपैयाँ छ । यी कम्पीहरुले पनि अपुग पुँजी आइपीओ बिक्री मार्फत पुर्याउने योजना अघि सारेका छन् ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.