काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय सूचकहरुमा सुधार देखिएको छ । संस्थाले आज सर्वाजनिक गरेको गत आवको चौथो त्रैमासिक प्रतिवेदनअनुसार संस्थाको नाफा ७६.९६ प्रतिशतले बढेको छ । यो अवधिसम्म संस्थाले ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ४ करोड ७५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
संस्थाको खुद ब्याज आम्दानी पनि ४१.८६ प्रतिशतले बढेको छ । संस्थाले चौथो त्रैमाससम्ममा २० करोड ९१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा संस्थाले १४ करोड ७४ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्म संस्थाले १२ करोड ३३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । यस्तै संस्थाको कुल सञ्चालन आम्दानी २६ करोड ३९ लाख रुपैयाँ रहेको छ ।
चौथो त्रैमाससम्म संस्थाको रिजर्भको आकार ५९.९१ प्रतिशतले बढेर २० करोड ४४ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब १८ करोड र कर्जा प्रवाह २ अर्ब ९६ करोड रुपैयाँ रहेको छ ।
संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवकोसम्म ३.३९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.६९ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)३७.५८ रुपैयाँ,प्रतिसयर नेटवर्थ १९१.२९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६०४.३३ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.५५ गुणा र तरलता अनुपात १५.५५ प्रतिशत रहेको छ ।