काठमाण्डौ । सामसुङको ग्लोबल इभेन्ट ग्यालेक्सी अन्प्याकड मार्फत सार्वजनिक गरिएका नयाँ फोल्डेबल स्मार्टफोनहरू अब नेपालमा पनि प्रि–अर्डरका लागि उपलब्ध भएका छन् । सामसुङ नेपालले ग्यालेक्सी जेड फोल्ड७ र ग्यालेक्सी जेड फ्लिप७ को प्रि–अर्डर २०८२ साउन २२ देखि २९ गते सम्मखुला रहने घोषणा गरेको छ।
सामसुङको अहिलेसम्मकै सबभन्दा पातलो र हलुका फोल्ड, ग्यालेक्सी जेड पÞmोल्ड ७ मा अत्याधुनिक डिजाइन, दमदार क्यामेरा र ग्यालेक्सी एआईको स्मार्ट फिचर्सहरु समावेश छन् । ठुलो डिस्प्ले, फ्लेक्स मोड, मल्टिटास्किंग, र ब्याट्रीमा सुधारले यो जेड फोल्ड सिरिजलाई अझ उपयोगी बनाएको कम्पनीको भनाई छ । नयाँ संस्करणमा अझ राम्रो हिन्ज, तेज प्रोसेसर, उज्यालो स्क्रिन, र २०० मेगापिक्सेलएआई इन्ह्यान्स्ड क्यामेरा प्रणाली समावेश गरिएको छ ।
नयाँ फोल्ड र फ्लिप दुवैमा जेमिनी लाइभ फिचर पनि उपलब्ध छ, जसले ठुलो स्क्रिनमा स्क्रीन सेयरिङ र रियल टाइम सपोर्ट सम्भव बनाउँछ । साथै क्यामेरा मार्फत कुनै पनि वस्तुलाई देखाएर न्याचुरल, संवादात्मक प्रश्न सोधी प्रयोगकर्ताले तुरुन्त जवाफ पाउनेछन् ।
ग्यालेक्सी जेड फ्लिप ७ अब झनै पातलो, टिकाउ, र पोर्टेबल बनेको छ । अबको फ्लेक्सविन्डो अझ ठुलो र प्रयोग गर्न सजिलो छ । यसमा प्रिमियम क्यामेरा, राम्रो स्ट्याबिलाइजेसन, सटीक रङ, र लामो ब्याट्री लाइफ उपलब्ध छन् ।
जेमिनी एआईको मद्दतले यात्रा वा व्यस्त दिनमा लेख्न, अनुवाद गर्न र काम मिलाउन सहज बनाउँछ । साथै, क्रिएटिभ प्रयोगकर्ताहरूका लागि एकदम उपयोगी नयाँ स्केच तु इमेज फिचरको साथ प्रयोगकर्ताले बनाएको स्केचलाई तुरुन्तै आकर्षक भिजुअलमा रूपान्तरण गर्न सकिन्छ ।
सामसङ नेपालकानिर्देशक प्रणय रत्न स्थापितभन्नुभयो, “ग्यालेक्सी जेड सिरिजले प्रविधि
ग्यालेक्सी जेड फोल्ड ७ र ग्यालेक्सी जेड फ्लिप७ को २५६ जीबी भेरियन्टहरू नेपालमा साउन २२ देखि २९, २०८२ सम्म प्रि–अर्डरका लागि उपलब्ध हुनेछन् ।