बुधबार, भाद्र ३,२०८३ 06:28:23
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 06:28:23
Bizshala
Global IME Bank Limited

नाडेप लघुवित्तद्वारा ५.३७ करोड खुद नाफा आर्जन, खराब कर्जा अनुपात १४.१४% पुग्यो

नाडेप लघुवित्तद्वारा ५.३७ करोड खुद नाफा आर्जन, खराब कर्जा अनुपात १४.१४% पुग्यो
New Office

काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड घाटा घटाउदै नाफा आर्जन गर्न सफल भएको छ । खुद ब्याज आम्दानी बढेसँगै र इम्पेयरमेन्ट चार्ज र सञ्चालन खर्च घटेसँगै संस्थाले आफ्नो वित्तीय अवस्थामा सुधार ल्याएको हो ।  

संस्थाले गत आवको चौथो त्रैमाससम्म ५ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्था ७ करोड ४४ लाख रुपैयाँ घाटामा थियो ।  

संस्थाले समीक्षा अवधिसम्म ४० करोड १० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १५.८८ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी ३४ करोड ६१ लाख रुपैयाँ  थियो । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी पनि २ करोड ७० लाखबाट बढेर  ४ करोड ७७ लाख पुगेको छ ।  

Bizshala
CG Motors

संस्थाले इम्पेयरमेन्ट चार्जका लागि २ करोड २१ लाख रुपैयाँ छुट्टाएको छ । अघिल्लो आवमा यस्तो रकम ८ करोड ५९ लाख रुपैयाँ थियो । अघिल्लो आवमा ११ करोड ८० लाख रुपैयाँ रहेको संस्थाको अन्य सञ्चालन खर्च घटेर ८ करोड ८० लाख रुपैयाँमा सीमित बनेको छ । संस्थाको खराब कर्जा अनुपात भने ह्वात्तै बढेको छ । खराब कर्जा अनुपात ९.९८ प्रतिशतबाट बढेर १४.१४ प्रतिशत पुगेको छ ।  

संस्थाको निक्षेप संकलन १ अर्ब ९१ करोड र कर्जा प्रवाह ५ अर्ब ८३ करोड रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ ३ करोड ८० लाख रुपैयाँ ऋणात्मक रहेको संस्थाको रिजर्भको आकार ३५ करोड ९० लाख रुपैयाँ रहेको छ ।  

चौथो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ८ण् लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ११.०६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६६.१९ रुपैयाँ,प्रतिसेयर मुल सम्पत्तिको मूल्य १३३१.५८ रुपैयाँ,मूल्य आम्दानी अनुपात ८२.६३ गुणा र तरलता अनुपात ३.३५ गुणा कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.