काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको लिलामी सेयरको शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । उक्त शिलबन्दी बोलपत्र काठमाण्डौमा रहेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा बिहान ८ बजे खोलिने छ।
कम्पनीले गत साउन १३ गतेदेखि साउन २० गतेसम्म ७ लाख ४ हजार १११ कित्ता अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको थियो । कुल सेयरमध्ये सर्वसाधारण समूहको ५ लाख ६४ हजार १० कित्ता र सर्वसाधारण समूहतर्फको लकइनमा रहेको १ लाख ४० हजार १०१ कित्ता रहेका थिए ।
बोलपत्र खोलेको प्रत्यक्ष प्रसारण मुक्तिनाथ क्यापिटलको फेसबुक लाइभमार्फत देखाइने छ ।