काठमाण्डौ । आम्दानी बढेसँगै छ्याङदी हाइड्रोपावरको घाटामा कमी आएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म ४ करोड ९७ लाख घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो त्रैमासको तुलनामा ७.४८ प्रतिशतले कम हो । अघिल्लो त्रैमासमा कम्पनी ५ करोड ३७ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी अघिल्लो त्रैमासको तुलनामा ३५.५५ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत १० करोड ८८ लाख आर्जन गरेको छ । यस्तै कम्पनीले ५ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक खर्च १ करोड २२ लाख रुपैयाँबाट बढेर १ करोड ३६ लाख रुपैयाँ पुगेको छ । यस्तै हा्रसकट्टी खर्च ४ करोड ८९ लाखबाट बढेर ४ करोड ९२ लाख पुगेको छ । अघिल्लो आवमा १० करोड ३६ लाख रहेको वित्त खर्च भने घटेर ९ करोड ६५ लाखमा सीमित बनेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङ २० करोड ६९ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । ३ करोड ७५ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व ३६ करोड ३४ लाख रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १२.८५ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ ५१.४२ रुपैयाँ र तरलता अनुपात ०.१० प्रतिशत कायम भएको छ ।