बुधबार, भाद्र ३,२०८३ 04:56:47
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 04:56:47
Bizshala
Global IME Bank Limited

बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?

बिजय लघुवित्तको नाफामा २१८.३१% को सुधार, वितरणयोग्य मुनाफा कति ?
New Office

काठमाण्डौ । बिजय लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ९ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको छ । संस्थाको यो नाफा अघिल्लो आवको तुलनामा २१८.३१ प्रतिशत बढी हो । अघिल्लो आवमा संस्थाले ३ करोड ४ लाख रुपैयाँ मात्रै नाफा आर्जन गरेको थियो । संस्थाको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएसँगै नाफा बढ्न पुगेको हो । 

अघिल्लो आवमा ४० करोड ८६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको यो संस्थाले गत आवमा ५५.१८ प्रतिशत बढाएर ६३ करोड ४१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । साथै संस्थाको खराब कर्जा पनि ह्वात्तै घट्न पुगेकाले नाफामा सुधार देखिएको हो । अघिल्लो आवमा २०.५० प्रतिशत रहेको खराब कर्जा १०.९० अंकले घटेर गत आवमा ९.६० प्रतिशत कायम भएको छ ।

Bizshala
CG Motors

साथै संस्थाको सिडि रेसियो १०९.९९ प्रतिशतबाट १०५.०५ प्रतिशत, बेस रेट १४.९८ प्रतिशतबाट १२.१८ प्रतिशत, कस्ट अफ फण्ड ९.४४ प्रतिशतबाट ७.३४ प्रतिशत र स्प्रेड रेट ५.५६ प्रतिशतबाट ७.६३ प्रतिशत पुगेको छ । सो अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ८१ लाख रुपैयाँ रहेको छ भने संस्थाको लाभांश क्षमता ५.१२ प्रतिशत रहेको छ । 

संस्थाको चुक्तापूँजी ७४ करोड ५० लाख रुपैयाँ, रिटेन्ड अर्निङ ३ करोड ८१ लाख, रिजर्भ फण्ड ४५ करोड ७ लाख रुपैयाँ रहेको छ । संस्थाको इपीएस ४.०८ रुपैयाँबाट बढेर १२.९९ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६१.७१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ६८.२२ गुणा र तरलता अनुपात ६.७२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.