काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावरको खुद नाफा ६३.५७ प्रतिशतले बढेको छ । अघिल्लो आवमा ३ करोड १८ लाख रुपैयाँ मात्रै नाफा कमाएको यो कम्पनीले गत आवको अन्त्यसम्म ५ करोड २० लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । कम्पनीले विद्युत बिक्री गरेर गत आवमा २८ करोड २६ लाख ८२ हजार रुपैयाँ आम्दानी गरेको छ ।
यो आम्दानी अघिल्लो आवको तुलनामा सामान्य वृद्धि हो । अघिल्लो आवमा यस्तो आम्दानी २८ करोड २६ लाख ४० हजार रुपैयाँ थियो । कम्पनीको चुक्तापूँजी १ अर्ब २३ करोड रुपैयाँ रहेकोमा रिजर्भ फण्डमा ९ करोड ४५ लाख रुपैयाँ रहेको छ भने कम्पनीको कुल इक्विटी १ अर्ब ३२ करोड ५० लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै सो अवधिसम्म कम्पनीको कुल सम्पत्ति मूल्य २ अर्ब १२ करोड ८० लाख रुपैयाँ रहेको छ । कम्पनीको इपीएस ४.२३ रुपैयाँ, नेटवर्थ १०७.६८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७२.५९ रुपैयाँ र तरलता अनुपात ५.२७ प्रतिशत रहेको छ ।