काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी बिनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा बढाएको हो ।
राष्ट्र बैंकले सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रत्येक पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि चाँदी आयातमा पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा रहेको थियो ।
अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । तर, चाँदीको गरगहना÷कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई देहायबमोजिम सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ः
१. निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश ।
२.बुँदा (१) को कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा ्र भुक्तानीको सीमा लागू हुने छैन ।
३. सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक ्र पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए/नभएको एकिन गर्नु पर्नेछ ।
४. सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लेन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी व्यवसायीसँग लिनु पर्नेछ ।