बिहीबार, असार ११,२०८३ 12:24:16
Bizshala
  • बिहीबार, असार ११,२०८३ 12:24:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चाँदी आयातमा भुक्तानीको सीमा बढाइयो

Laxmi Sunrise Bank Limited
चाँदी आयातमा भुक्तानीको सीमा बढाइयो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चाँदी आयातमा भुक्तानीको सीमा बढाएको छ । राष्ट्र बैंकको विदेशी बिनिमय व्यवस्थापन विभागले विदेशी विनिमय कारोबार गर्न इजाजतप्राप्त निकायलाई जारी गरिएको एकिकृत परिपत्र–२०८१ संशोधन गर्दै चाँदी आयातमा भुक्तानीको सीमा बढाएको हो ।  

राष्ट्र बैंकले सुनचाँदी व्यवसाय गर्ने उद्योगले चाँदीका गरगहना, कलात्मक वस्तु, भाँडाकुँडा आदि बनाउन औद्योगिक कच्चा पदार्थको रुपमा आफ्नै प्रयोजनको लागि चाँदी आयात गर्दा प्रत्येक पटक अमेरिकी डलर पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि चाँदी आयातमा पाँच लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा रहेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

अन्य सुनचाँदी व्यवसायीले चाँदी आयात गर्दा प्रति पटक अमेरिकी डलर एक लाख वा सो बराबरको अन्य परिवर्त्य विदेशी मुद्राको सीमासम्म सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ । तर, चाँदीको गरगहना÷कलात्मक वस्तु आदि निकासी गर्ने चाँदी व्यवसायीलाई देहायबमोजिम सटही सुविधा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ः

१. निकासी आदेश पुष्टि हुने अग्रिम भुक्तानी वा प्रतीतपत्र वा विदेशबाट खरिद आदेश ।

२.बुँदा (१) को कागजातमा उल्लिखित मूल्यसम्मको चाँदी आयातको लागि सटही सुविधा प्रदान गर्न सकिनेछ । सोका लागि यस खण्डमा उल्लिखित चाँदी आयातमा ्र भुक्तानीको सीमा लागू हुने छैन ।

३. सटही सुविधा दिने सम्बन्धित वाणिज्य बैंकले प्रत्येक ्र पटक सटही सुविधा प्रदान गर्दा सो पूर्व सटही सुविधा प्रदान भएको भए सो अन्तर्गत चाँदी आयात भई तोकिएबमोजिम निर्यात भए/नभएको एकिन गर्नु पर्नेछ ।  

४. सम्बन्धित वाणिज्य बैंक बाहेक अन्य वाणिज्य बैंकबाट चाँदी आयातको सटही सुविधा लिई निर्यातको भुक्तानी लेन वक्यौता नरहेको सम्बन्धी स्वःघोषणा चाँदी  व्यवसायीसँग लिनु पर्नेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.