शुक्रबार, असार १२,२०८३ 11:50:09
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 11:50:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो फ्लाइङ कार Deepal eVTOL को उद्घाटन

Laxmi Sunrise Bank Limited
प्रधानमन्त्रीद्वारा नेपालकै पहिलो फ्लाइङ कार Deepal eVTOL को उद्घाटन

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली एमएडब्लूवृद्धि ग्रुपका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा प्रबन्ध निर्देशक विवेक सिकरियाले संयुक्त रुपमा फ्लाइङ कारका नामले लोकप्रिय डीपल eVTOL अनावरण गरेका छन् । यो फ्लाइङ कार आजबाट सुरु भएको नाडा अटो शो २०२५ मा अनावरण गरिएको हो । 

यस अवसरमा अध्यक्ष अग्रवालले भने, ‘नेपालमा भविष्यको यातायात ल्याउने दिशामा यो ठूलो उपलब्धि हो।  

त्यस्तै प्रबन्ध निर्देशक सिकरियाले भने, ‘ नेपालको यातायात प्रणालीलाई नयाँ परिभाषा दिनसक्ने यस प्रविधि ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। डीपल eVTOL साधारण ‘नयाँ गाडी’मात्र होइन।

New Office
CG Motors
Garima Development Bank

फ्लाइङ कार बनाउनका लागि डीपल निर्माण गर्ने कम्पनी चांगान अटोमोबाइल र EHang ले सहकार्य गरेर व्यक्तिगत यातायातको लागि नयाँ र आधुनिक उपाय ल्याएका हुन्।

डीपल चांगान अटोमोबाइलको नयाँ इनर्जी सब-ब्रान्ड हो, जुन चीनका सबैभन्दा ठूला अटोमोबाइल निर्माता कम्पनी मध्ये एक हो। त्यस्तै EHang भने विश्वकै अगुवा अटोनोमस हवाई सवारी निर्माता हो, जुन कम्पनीले पहिलोपटक व्यवसायिक रूपमानै पाइलट विहिन यात्रु बोक्ने eVTOL उपलब्ध गराएको थियो। यी दुवै कम्पनीको साझा उद्देश्य भनेको EHang को अटोनोमस उडान प्रविधिमा आधारित नयाँ पुस्ताका eVTOL विकास गर्ने, उत्पादन गर्ने र बजारमा ल्याउने हो।

दुवै कम्पनीको लक्ष्य हवाई यातायातलाई केवल विलासिता मात्र नबनाई फ्लाइङ कारलाई सुरक्षित, वातावरणमैत्री र सजिलो बनाउँदै सर्वसाधारणको लागि पनि प्रयोगयोग्य बनाउने र यसलाई सबैका लागि पहुँचयोग्य गराउने हो।नाडा अटो शो २०२५ मा देखाइएको डीपल eVTOL उनीहरूको यही सहकार्यको प्रत्यक्ष परिणाम हो।

त्यसबाहेक,चांगानले सन् २०३० सम्ममा अन्य आधुनिक यातायात सोलुसन्स विकास गर्न २.७६ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने योजना बनाएको छ।

डीपल eVTOL सीधै माथि उड्न र भुइँमै फर्केर अवतरण गर्न सक्षम छ, जसले भविष्यको दिगो यातायातको नयाँ विकासलाई देखाउँछ। डीपलमा हवाई इन्जिनियरिङ र अत्याधुनिक इलेक्ट्रिक प्रपल्सन प्रविधिको संयोजन छ जसले सडकमा हुने भीड कम गर्न, ध्वनि प्रदूषण घटाउन र कार्बन उत्सर्जन नियन्त्रण गर्न सहयोग गर्छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.