काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाण्डौको मध्य बानेश्वरस्थित किड्स क्लिनिकबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। जसअनुसार किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी) र प्रयोगशाला (ल्याब) को शुल्क तथा औषधीको मूल्यमा सांग्रिला डेभलपमेन्ट बैंकका सेयरधनी र कर्मचारीले १५ प्रतिशत तथा ग्राहक (डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा लिएका) ले १० प्रतिशत छुट पाउने छन्।
सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गरे।
साग्रिला डेभलपमेन्ट बैंकले हाल मुलुकभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ।