काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले मधेस प्रदेश अन्तरगतका जिल्लामा विभिन्न तालिम सम्पन्न गरेको छ ।
कम्पनीले बारा, पर्सा र रौतहटस्थित शाखा कार्यालयका कर्मचारीहरुलाई एएमएल/ सीएफटी र क्वालिटी ग्रोथ तालिम सञ्चालन गरेको हो ।
तालिममा प्रमुख अतिथि एवम् अध्यक्ष नायव प्रमुख कार्यकारी अधिकृत ज्ञानिश्वर पन्तले सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण ऐन, २०६४ ले तोके बमोजिमको सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण सम्बन्धी विषय तथा क्वालिटी ग्रोथका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
साथै उनले लघुवित्त वित्तीय संस्थामा फिल्ड कर्मचारीहरुको महत्वपूर्ण भुमिका रहने हुँदा कर्मचारीहरुलाई समय समयमा यस्ता किसिमका तालिम सञ्चालनले समग्र लघुवित्त क्षेत्रको गुणस्तरमा सुधार आउने बताए ।
त्यसैगरी, कम्पनीका असुलि तथा अनुगमन विभागका विभागीय प्रमुख नयन देवकोटाले जोखिम व्यवस्थापनको उपाय तथा प्रभावकारी असुलिका रणनितीहरुको विषयमा वित्तीय संस्थाको सहजिकरण बारे प्रशिक्षण दिएका थिए ।
त्यस्तै मानव संशाधन विभागका विभागीय प्रमुख प्रभात न्यौपानेले सदस्यहरुलाई प्रदान गरिने बीमा सुविधा, कर्मचारी सेवा सुविधा तथा मानव संशाधन विभागसँग सम्वन्धित विषयमा सहजिकरण गरेका थिए ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                