मंगलवार, आश्विन १३,२०८३ 07:23:57
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 07:23:57
Bizshala
Global IME Bank Limited

बन्दिपुर केवलकारको आईपीओमा १.८५ गुणा बढी आवेदन

Bizshala
बन्दिपुर केवलकारको आईपीओमा १.८५ गुणा बढी आवेदन
New Office

काठमाण्डौ । आजदेखि निष्कासन भएको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा १.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त आईपीओमा साझ ५ बजेसम्म ६ लाख ५७ हजार ४०२ आवेदकबाट ८० लाख १५ हजार १ सय कित्ता सेयर खरिदका लागि आवेदन माग भएको छ ।  

कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयरको बिक्री आवेदन खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्योर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व समयमै बहन गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.