बिहीबार, भाद्र १२,२०८२ 12:23:56
  • बिहीबार, भाद्र १२,२०८२ 12:23:56
Global IME Bank Limited

बन्दिपुर केवलकारको आईपीओमा १.८५ गुणा बढी आवेदन

Hyundai Nepal
बन्दिपुर केवलकारको आईपीओमा १.८५ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । आजदेखि निष्कासन भएको बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओमा १.८५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार उक्त आईपीओमा साझ ५ बजेसम्म ६ लाख ५७ हजार ४०२ आवेदकबाट ८० लाख १५ हजार १ सय कित्ता सेयर खरिदका लागि आवेदन माग भएको छ ।  

कम्पनीले आजदेखि आम सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयरको बिक्री आवेदन खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यसका साथै लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा भदौ १५ गते र ढिलोमा भदौ २५ गते हुनेछ। यो आईपीओका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी इस्योर रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व समयमै बहन गर्ने सम्बन्धमा मध्यम स्तरको जोखिम रहेको जनाउँछ ।  

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।  

कम्पनीले पहिलो चरणअन्तर्गत गत साउन ६ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपीओ जारी गरेको थियो । उक्त आईपीओ बाँडफाँड भईसकेको छ ।

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.