काठमाण्डौ । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्त गर्न सरकारले तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ।
समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल रहेका छन्।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यो समिति गठन गरेको हो।
यसअघि अध्यक्ष शरद ओझालाई मन्त्रिपरिषद्ले पदमुक्त गरेको थियो। उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको समितिले ओझा योग्य नभएको प्रतिवेदन बुझाएपछि सरकारले सो निर्णय गरेको हो।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                