काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै बीमति तथा हकवालालाई यस्तो आग्रह गरेको हो ।
कम्पनीबाट विभिन्न मितिमा विभिन्न योजनाअन्तर्गत बीमालेख लिएका तर योजनाबमोजिम रकम लिने समय भईसक्दा समेत हालसम्म पूर्ण अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएकालाई आफ्नो बीमालेख अन्तर्गतको सुविधा रकम प्राप्त गर्न कम्पनीको शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                