काठमाण्डौ । चिनिया ईभी कार निर्माता कम्पनी विवाईडीले आफ्नो अर्को एक कारको मूल्य घटाएको छ । कम्पनीले बीईभी ई–टु कारको मूल्य घटाएको हो ।
कम्पनीले यो मोडलको कारको मूल्य १४ हजार २ सय डलरबाट घटाएर १२ हजार ५ सय डलरमा झारेको छ ।
विआईडीको ई–टु मोडल ओसियन सिरिज अन्तर्गतको कार हो । जुन सन् २०२१९ मा पहिलोपटक बजारमा उपलब्ध गराइएको थियो । यसको परिमार्जित मोडल सन् २०२३ अप्रिलमा लञ्च गरिएको थियो ।
यो कार पूर्ण रुपमा इलेक्ट्रिक भएको र थप स्टाइलिस,प्रभावकारी र आरादायी हरित सवारीको अनुभव प्रदान गर्न यसलाई परिवारिक ग्राहकहरुका लागि डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
यो कारको लम्बाई ४ हजार २६० एमएम,चौडाई १ हजार ७६० एमएम र उचाई १ हजार ५३० एमएम रहेको छ । यसको ह्विलवेश २ हजार ६१० एमएम रहेको छ । यसमा सिंगल मोटर इन्जिन रहेको छ । जसको पावर ७० किलोवाट र १८० एनएम टर्क रहेको छ ।
यो कार विआईडीको सबैभन्दा सस्तो कार हो ।