काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८९ हजार ७९४ कित्ता संस्थापक सेयर बिक्रीमा रािखएको छ । महिला उपकार मञ्चको स्वामित्वमा रहेको संस्थाको उक्त सेयर आजदेखि बिक्रीमा राखिएको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम प्रतिकित्ता मूल्य रु.१०० निर्धारण गरिएको छ । बोलकबोल पेश गर्दा लगानीकर्ताले न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, काठमाण्डौ थापाथली र उपकार लघुवित्तको केन्द्रीय कार्यालय बाँकेमा आवेदन पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज २२ गते निर्धारण गरिएको छ ।