काठमाण्डौ । चालू आर्थिक वर्ष २०८० /०८१ को पुस मसान्तसम्मको अवधिमा मुलुकको घाटा घटेको छ ।
भन्सार विभागले सो अवधिसम्मको सार्वजनिक गरेको तथ्यांक २.६२ प्रतिशतले व्यापार घाटा कम भएको छ।
गत वर्ष सोहि अवधि सम्ममा मुलुकको व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रुपैयाँ थियो । तर समीक्षा अवधिसम्ममा मुलुकको व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा वैदैशिक व्यापार पनि घटेकोछ । यो अवधिमा वैदेशिक व्यपार ३।४७ प्रतिशतले घटेको छ । त्यसैगरी, आयातमा ३.०७ प्रतिशत र निर्यातमा ७.२३ प्रतिशतले गिरावट आएको छ ।
समीक्षा अवधिमा ७ खर्ब ६८ अर्ब १६ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । त्यस्तै ७४ अर्ब ९७ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ ।
गत आर्थिक वर्षको सोहि अवधिमा यस्तो आयात ७ खर्ब ९२ अर्ब ६६ करोड तथा निर्यात ८० अर्ब ८० करोड ७४ लाख रुपैयाँ थियो ।