काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको १३ हजार ४ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ । उक्त सेयर खरिदका लागि आजदेखि बोलपत्र आवेदन पेश गर्न सकिनेछ ।
यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरु तथा अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले भदौ २९ गतेसम्म आवेदन दिनु पर्नेछ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ रुपैया तोकिएको छ ।
लगानीकर्तार्ले न्यूनतम १ हजार कित्ताका लागि र अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र आवेदन पेश गर्नु पर्नेछ ।