बुधबार, श्रावण २०,२०८३ 05:11:12
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 05:11:12
Bizshala
Global IME Bank Limited

जेनजी प्रदर्शन साम्य नभएसम्मका लागि सम्पूर्ण धितोपत्र सेवा बन्द गर्ने स्टक ब्रोकर एशोसिएसनको निर्णय

जेनजी प्रदर्शन साम्य नभएसम्मका लागि सम्पूर्ण धितोपत्र सेवा बन्द गर्ने स्टक ब्रोकर एशोसिएसनको निर्णय
New Office

काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले जेनजी प्रदर्शनका कारण सिर्जित परिस्थिति साम्य नहुन्जेलसम्मका लागि धितोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्ने सम्पूर्ण सेवाहरु रोक्ने निर्णय गरेको छ । एशोसिएसनले एक विज्ञप्ती जारी गर्दै यसबारे जानकारी दिएको हो ।  

‘जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएको कर्फ्यु आदेशले उपत्यकाका विभिन्न स्थानहरु हुँदै रिंग रोडभित्र रहेका धितोपत्र दलाल व्यवसायीहरुको कार्यालयसम्म पुगी सेवा सञ्चालन गर्ने परिस्थिति नभएको हुँदा सरकारबाट तत्कालै सुरक्षाको प्रत्याभूति सहित सो प्रदर्शन र सोबाट सिर्जित परिस्थिति साम्य नहुन्जेले हामी धितोपत्र दलाल व्यवसायीहरुले सेवा प्रवाह गर्न कठिन देखिएको हुँदा हाम्रा सम्पूर्ण सेवाहरुलाई रोकिएको समेत यसै विज्ञप्ति मार्फत सम्पूर्ण नियामक निकाय, बजार सञ्चालक, राफसाफ निकाय तथा लगानीकर्ताहरुलाई जानकारी गराउँदछौं । यसबाट पर्न गएको अपूरणीय क्षतिका लागि हामी क्षमाप्रार्थी छौं’ एशोसिएसनद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।  

यस्ते एशोसिएसनले भदौ २३ गते जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाएका सम्पूर्ण नौजवान युवाहरु प्रति स्टक भावपुर्ण श्रद्धान्जली अर्पण गरेको छ । विज्ञप्तीमा भनिएको छ, ‘सो प्रदर्शनका क्रममा घाइते भई उपचाररत सबै युवा प्रदर्शनकारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकार र अन्तरगतका प्रहरी तथा प्रशासनलाई प्रदर्शनका क्रममा संयमित भई प्रदर्शनकारीलाई ज्यान र सरकारी सम्पत्तिको सुरक्षाको प्रबन्ध मिलाउन समेत हार्दिक अपिल गर्दछ ।’

साथै जेनजी प्रदर्शनबाट सिर्जित परिस्थितिको समाधानका लागि आवश्यक पहल गरी परिस्थिति सामान्य बनाउनेतर्फ नेतृत्वदायी भूमिका खेली सहजीकरण गरिदिनुहुन राज्य संयन्त्र र मातहतका सबै निकायहरुलाई एशोसिएसनले आग्रह गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.