• शुक्रबार, भाद्र २७,२०८२ 05:40:00
Global IME Bank Limited

होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान

Hyundai Nepal
होटल क्षेत्रमा आन्दोलनका कारण २५ अर्बभन्दा बढी क्षति, हिल्टनलाई ८ अर्बको नोक्सान

काठमाण्डौ ।  होटल संघ नेपाल (हान)ले हालै सम्पन्न भएको परिवर्तनकारी आन्दोलनका क्रममा देशभरका होटल तथा आतिथ्य क्षेत्रमा करिब २५ अर्बभन्दा बढीको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान गरेको छ। विशेषगरी काठमाडौंको हिल्टन होटलमा मात्रै ८ अर्बभन्दा बढीको क्षति भएको हानले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

आन्दोलनका क्रममा काठमाडौं उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, विराटनगर, धनगढी, महोत्तरी, दाङ तुल्सीपुरलगायतका क्षेत्रमा सञ्चालित स्वदेशी र अन्तर्राष्ट्रिय ब्रान्डका होटलहरूमा तोडफोड, आगजनी र लुटपाटका घटनाले ठूलो नोक्सानी भएको हो। हानका अनुसार झण्डै दुई दर्जन होटलहरू प्रत्यक्ष प्रभावित भएका छन्।

यी घटनाका कारण प्रभावित होटलहरू मर्मत र पुनर्निर्माण नभएसम्म सञ्चालनमा आउन नसक्ने अवस्था छ। यसबाट करिब दुई हजारभन्दा बढी कर्मचारीको रोजगारीमा प्रत्यक्ष असर परेको छ, जसले चाडपर्वको समयमा उनीहरूको जीविकोपार्जनमा चुनौती थपिएको छ। साथै, सञ्चालन अवरुद्ध भएका होटलहरूले बैंक तथा वित्तीय संस्थाहरूको ऋण र अन्य आर्थिक दायित्व समयमै तिर्न नसक्ने अवस्था सिर्जना भएको हानले उल्लेख गरेको छ।

हानले यो क्षतिलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै यथाशीघ्र शक्तिशाली न्यायिक समितिमार्फत जाँचबुझ गर्न माग गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अपराधीहरूलाई उचित क्षतिपूर्तिसहितको दण्ड सुनिश्चित गर्न र मर्मत–पुनर्निर्माणका लागि राज्यबाट आर्थिक प्याकेज उपलब्ध गराएर लगानीकर्ताको मनोबल कायम राख्नुपर्छ।”

सुशासन र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न युवाहरूको बलिदान र सयौं घाइते योद्धाहरूको त्यागबाट प्राप्त सफलतापछि मुलुक संक्रमणकालमा प्रवेश गरेको छ। यस्तो अवस्थामा निजी क्षेत्रको ठूलो लगानी र सम्पत्तिमा भएको क्षतिलाई सम्बोधन गरी पर्यटन क्षेत्रको विकास र आर्थिक स्थायित्वका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने हानको जोडदार माग छ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.