• आईतवार, भाद्र २९,२०८२ 12:19:41
Global IME Bank Limited

बीमा कम्पनीहरुलाई भौतिक रुपमा कार्यालयहरु सञ्चालनमा ल्याउन प्राधिकरणको निर्देशन

Hyundai Nepal
बीमा कम्पनीहरुलाई भौतिक रुपमा कार्यालयहरु सञ्चालनमा ल्याउन प्राधिकरणको निर्देशन

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले भौतिक रुपमा उपस्थित भई पूर्ण रुपमा कार्यालय सञ्चालन गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै आजदेखि सम्पूर्ण बीमा कम्पनीहरुलाई पूर्ण रुपमा कार्यालयहर सञ्चालनमा ल्याउन  निर्देशन दिएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

देशमा जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरु बन्द अवस्थामा थिए र कर्मचारीहरु घरमै बसेर काम गरिरहेका थिए । नेपाली सेनाले निकायले कर्फ्यु र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेकाले सहज वातारण सिर्जना भएसँगै प्राधिकरण बीमा कम्पनीलाई कार्यालयहरु सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।  

‘देशमा विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल

सामान्य बन्दै गइरहेको र सुरक्षा निकायहरूले कर्फ्यू र निषेधाज्ञालाई समेत खुकुलो पार्दै लगेको हुनाले सम्पूर्ण बीमा कम्पनी र तिनका शाखा कार्यालयहरु आइतबारबाट पूर्णरूपमा सञ्चालन गर्न र कर्मचारीहरू भौतिक रूपमा नै कार्यालयमा उपस्थित भई कार्य गर्न गराउनु हुन समेत अनुरोध गरिन्छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.