बुधबार, श्रावण २०,२०८३ 12:25:15
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:25:15
Bizshala
Global IME Bank Limited

दशैंका लागि सुकिला नोट सटही सुरु

दशैंका लागि सुकिला नोट सटही सुरु
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले दशैंका लागि आजदेखि सुकिला नोट वितरण गर्न सुरु गरेको छ । राष्ट्र बैंकको म्रद्रा व्यवस्थापन विभागले दशैंमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग थापाथली, र प्रदेशस्थित कार्यालय विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने व्यवस्था मिलाएको छ ।  

यसका साथै, इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयबाट समेत सर्वसाधारण तथा संघ/संस्थालाई सुकिला नोट सटही गर्न सकिन्छ। ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्नेछन् ।  

ग्राहकले असोज १० गतेसम्म ५, १०, २०, ५० र १०० दरका एकएक बण्डल नोट साट्न सक्नेछन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.