शुक्रबार, जेष्ठ १,२०८३ 03:53:37
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:53:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो

Laxmi Sunrise Bank Limited
वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५% ले वृद्धि,तरल दायित्व पनि ११.६%ले बढ्यो
Shivam Cement

काठमाण्डौ । वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति २४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले जारी गरेको वित्तीय क्षेत्र सर्वेक्षण र अन्य वित्तीय क्षेत्र सर्वेक्षणमा यस्तो देखिएको हो ।  

सर्वेक्षणअनुसार २०८० असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति १४ खर्ब ५२ अर्ब ३ करोड रुपैयाँ पुगेको छ । जुन २०७९ असार मसान्तको तुलनामा २४.५ प्रतिशतले बढी  हो । २०७९ असार मसान्तसम्म वित्तीय क्षेत्रको खुद वैदेशिक सम्पत्ति ११ खर्ब ४९ अर्ब ६४ करोड रुपैयाँ रहेको थियो ।  

Bizshala
New Office
CG Motors

यस्तै वित्तीय क्षेत्रको आन्तरिक दाबी ८.६ प्रतिशतले वृद्धि भई गत असार मसान्तसम्म ६८ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ पुगेको छ । वित्तीय क्षेत्रको यस्तो दाबी २०७९ असार मसान्तसम्म ६३ खर्ब ५ अर्ब,२०७८ असार मसान्तसम्म ५४ खर्ब ५३ अर्ब र २०७७ असार मसान्तसम्म ४३ खर्ब २९ अर्ब रुपैयाँ थियो ।  

वित्तीय क्षेत्रको नेपाल सरकारमाथिको खुद दाबी ३५.८ प्रतिशतले वृद्धि भई १० खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक गैर वित्तीय संस्थामाथिको दाबी ३२ अर्ब ४४ करोड रहेको छ ।  

त्यस्तै निजी क्षेत्रमाथिको दाबी ५ प्रतिशतले वृद्धि भई ५९ खर्ब ९४ अर्ब पुगेको छ ।  

वित्तीय क्षेत्रको तरल दायित्व ११.६ प्रतिशतले वृद्धि भएको छ । २०७९ असार मसान्तसम्म ४८ खर्ब १८ अर्ब तरल दायित्व रहेकोमा २०८० असार मसान्तसम्म भने ५३ खर्ब ९८ अर्ब पुगेको छ । वित्तीय क्षेत्रको माग निक्षेप दायित्व ०.४ प्रतिशतले वृद्धि भई ४ खर्ब ११ अर्ब पुगेको छ ।  

अन्य निक्षेप दायित्व पनि १४.३ प्रतिशतले बढेर ४४ खर्ब ५८ अर्ब पुगेको छ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X