बुधबार, भाद्र ३,२०८३ 02:38:33
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 02:38:33
Bizshala
Global IME Bank Limited

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा प्रहरी वृत्त दरबारमार्गलाई सहयोग
New Office

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर तथा एउटा स्क्यानर र फोटोकपी सहितको प्रिन्टर (थ्री इन वान) मेसिन सहयोग गरेको छ । केही दिन अघिको आन्दोलनमा भएको आगजनीमा ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सहयोग गरिएको बैंकले जनाएको छ ।  

उक्त सहयोग सामग्री यस सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्व प्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई मंगलबार हस्तान्तरण गरेका हुन् ।  

Bizshala
CG Motors

इन्चार्ज श्रेष्ठले यस प्रकारका सहयोगले कार्यालय सञ्चालन गर्न केही सहज बन्दै गएको भए पनि क्षति ठुलो भएकाले अझै धेरै सहयोग आवश्यक रहेको बताए ।

साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै ा आएकोमा आगामी दिनमा सेवालाई अझ विस्तार गर्दै लैजाने प्रतिवद्धता बैंकले व्यक्त गरेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.