काठमाण्डौ । जेनजी आन्दोलनका क्रममा उत्पन्न असहज परिस्थितिका कारण विभिन्न बीमा कम्पनीहरुमा २१ अर्ब हाराहारीको बीमा दाबी परेको छ।
भदौ ३१ गतेसम्म विभिन्न कम्पनीमा परेको दाबीलाई आधार मानेर प्राधिकरणले प्रारम्भिक दाबी विवरण भन्दै २० अर्ब ७० करोड ३८ लाख बराबरको दाबी परेको जनाएको हो ।
यस क्रममा सबैभन्दा बढी दि. ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा ५ अर्ब १४ करोडको दाबी परेको छ ।
त्यसपछि सिद्धार्थ प्रिमियरमा ४ अर्ब ९३ करोडको, शिखर इन्स्योरेन्समा २ अर्ब ३९ करोडको आईजीआईमा १ अर्ब ५९ करोडको, सगरमाथा लुम्बिनीमा १ अर्ब ४७ करोडको, हिमालयन एभरेष्टमा १ अर्ब १५ करोडको तथा नेको इन्स्योरेन्समा १ अर्ब ९ करोड बढीको बीमा दाबी परेको छ ।
कुल १८ बीमा कम्पनीमध्ये बाँकी रहेका कुनमा प्रारम्भिक रुपमा कति दाबी पर्यो, यो सूची हेर्नुस् :
