काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर रजिष्ट्रारमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त भएको छ । नेपाल लाइफको सञ्चालक समितिको ३९९ औं बैठकले नेपाल लाइफ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो ।
सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, सेयर लगत अद्यावधिक राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु नेपाल क्यापिटलले गर्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।