सोमबार, श्रावण १८,२०८३ 03:20:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:20:21
Bizshala
Global IME Bank Limited

माइकल फोले एनसेलका नयाँ सीईओ नियुक्त, कार्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने

माइकल फोले एनसेलका नयाँ सीईओ नियुक्त, कार्तिक १५ देखि जिम्मेवारी सम्हाल्ने
New Office

काठमाण्डौ । एनसेलले माइकल फोलेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। उनको कार्यकाल आगामी कार्तिक १५, २०८२ बाट लागू हुनेछ।

साथै, हाल कार्यवाहक सीईओका रूपमा काम गरिरहेका सैयद इनामुल कबीरले आफ्नो पुरानो जिम्मेवारी(प्रमुख वित्तीय अधिकृत-सीएफओ)लाई निरन्तरता दिनेछन्।

दूरसञ्चार क्षेत्रमा दुई दशकभन्दा बढी अनुभवसहित फोलेले विभिन्न अन्तर्राष्ट्रिय टेलिकम कम्पनीहरूमा नेतृत्वदायी भूमिका निभाउँदै उल्लेखनीय सफलता हासिल गरेका छन्।

एनसेलमा आवद्ध हुनुअघि उनले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखका रूपमा सातवटा अफ्रिकी बजारहरूको सञ्चालन नेतृत्व गरेका थिए। त्यसअघि, टेलिनोर पाकिस्तानका सीईओ रहँदा उनले चुनौतीपूर्ण परिस्थितिमा पनि कम्पनीलाई नाफामुखी बनाउँदै बजारमा अग्रस्थान कायम गर्न सफल भएका थिए।

फोलेले यसअघि ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)का सीईओका रूपमा पनि कार्य गर्दै व्यवसायिक रूपान्तरणमा उल्लेखनीय योगदान दिएका थिए। उनका नेतृत्वमा ती कम्पनीहरूले ग्राहक संख्या ७ करोड नाघेका थिए भने ईबिट्डा ६० प्रतिशतभन्दा बढी बढेको थियो।

उनी टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान) र टेलिनोर हेल्थका अध्यक्षसमेत रहेका थिए। हाल उनी अफ्रिकास्थित अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु (WATU) अन्तर्गतको वाटु डीआरसी एसए (WATU DRC SA)का अध्यक्ष छन्।

“एनसेलको जिम्मेवारी पाउँदा सम्मानित महसुस गरेको छु”
नियुक्तिपछि फोलेले भने, “काठमाडौंमा एनसेलको नेतृत्व सम्हाल्न पाउँदा म अत्यन्त उत्साहित र सम्मानित महसुस गरिरहेको छु। एनसेल नेपालका लागि महत्वपूर्ण पूर्वाधार हो, जसले डिजिटल रूपान्तरण, आर्थिक प्रतिस्पर्धात्मकता र विदेशी लगानी आकर्षणमा ठूलो भूमिका खेल्दै आएको छ।”

उनका अनुसार, आजको एआई-सञ्चालित डिजिटल युगमा टेलिकम कम्पनीहरू केवल सेवाप्रदायक नभई देशको डिजिटल संरचना निर्माणका अभिन्न अंग बनिसकेका छन्। “हामीले यी सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गरेर राष्ट्रको सेवा, सेवाको सुदृढीकरण र भावी पुस्ताको सशक्तीकरणमा योगदान गर्नुपर्छ,” उनले जोड दिए।

एनसेल सञ्चालक समितिको विश्वास
एनसेल सञ्चालक समितिले फोलेको नेतृत्वप्रति विश्वास व्यक्त गर्दै जनाएको छ, “हामी एनसेलमा फोलेलाई स्वागत गर्न पाउँदा हर्षित छौं। उनको अन्तर्राष्ट्रिय अनुभव र रणनीतिक दृष्टिकोणले कम्पनीको रूपान्तरण यात्रा र समुदायप्रति सेवा प्रतिबद्धतालाई अझ सुदृढ बनाउनेछ।”

क्यानडा र केन्याका नागरिक फोले म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीएड (INSEAD)बाट ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेट प्राप्त गरेका छन्।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.