आईतवार, बैशाख ६,२०८३ 11:21:04
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 11:21:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा रहेको शिवम् होल्डिङ्सको ११ करोड ६० लाख लाभांश वितरणको निर्णय

Bizshala
प्रिमियममा आईपीओ जारी गर्ने तयारीमा रहेको शिवम् होल्डिङ्सको ११ करोड ६० लाख लाभांश वितरणको निर्णय
Shivam Cement

काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी श्री शिवम् होल्डिङ्स लिमिटेडको चौथो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीका सञ्चालक समितिका अध्यक्ष शिवरतन शारडाको अध्यक्षतामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/०८२ का लागि शेयरधनीहरूलाई कुल ११ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सभाले आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावसहित सबै एजेन्डा सर्वसम्मत रूपमा पारित गर्दै बैठक सम्पन्न भएको कम्पनीले जनाएको छ।

श्री शिवम् होल्डिङ्स लिमिटेड, नेपालमा सर्वाधिक चर्चित ‘शिवम्’ ब्रान्डको ओ.पी.सी. सिमेन्ट उत्पादन गर्ने शिवम् सिमेन्ट्स लिमिटेडमा ८५ प्रतिशत शेयर स्वामित्व राख्दछ। बाँकी १५ प्रतिशत हिस्सेदारी विभिन्न क्षेत्रका सफल नेपाली उद्यमी र व्यवसायीहरूले व्यक्तिगत रूपमा लगानी गरेका छन्।

कम्पनीले आर्थिक वर्ष २०७८/०७९ देखि लगातार चार वर्षदेखि शेयरधनीहरूलाई लाभांश वितरण गर्दै आएको छ। हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। साथै, सर्वसाधारणका लागि २० प्रतिशत बराबरका १ अर्ब १६ करोड रुपैयाँका शेयर प्रिमियम मूल्यमा निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दर्ता भइसकेको र स्वीकृतिको प्रतिक्षामा रहेको जानकारी कम्पनीले दिएको छ।

CG Motors
Garima Development Bank
IME remit

शिवम् होल्डिङ्स लिमिटेडले नेपालको सबैभन्दा ठूलो उत्पादन क्षमतायुक्त सिमेन्ट उद्योग ‘शिवम् सिमेन्ट प्रा. लि.’ मा उल्लेखनीय लगानी गरेको छ। सो उद्योगमा ३० प्रतिशत नेपाली (श्री शिवम् होल्डिङ्स लिमिटेड) र ७० प्रतिशत चिनियाँ लगानी रहेको छ। गण्डकी प्रदेशको पूर्वी नवलपरासीस्थित विनयी त्रिवेणी गाउँपालिका–सर्दीमा अवस्थित यो अत्याधुनिक उद्योगले दैनिक ६,००० मेट्रिक टन क्लिनकर र सिमेन्ट उत्पादन गर्ने क्षमता राख्दछ।

त्यसका अतिरिक्त, उद्योगमा प्रयोग भएको मेसिनरीबाट निस्किने वेस्ट हीटको उपयोग गरी करिब १२ मेगावाट विद्युत् उत्पादन गरिने र उक्त बिजुली उद्योगकै सञ्चालनमा प्रयोग हुने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

हाल उद्योग पूर्ण क्षमतामा सञ्चालनमा रही पछिल्ला पाँच वर्षदेखि निरन्तर लाभांश वितरण गर्दै आएको छ। कम्पनीले आफ्ना शेयरधनी, साझेदार र सरोकारवालाहरूप्रति निरन्तर विश्वास, समर्थन र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.